इटहरी : नेपालमा बर्सेनि ९० हजारभन्दा धेरै संख्यामा सुरक्षित गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक स्वास्थ्य रिपोर्टमा आर्थिक वर्ष २०७९।०८० मा मात्र ९३ हजार ४६३ वटा गर्भपतन भएको उल्लेख छ । आर्थिक वर्ष २०७८।०७९ मा ९० हजार ७३३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।
९३ हजारमध्ये ७० प्रतिशतले औषधिको प्रयोगमार्फत गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ । बाँकी ३० प्रतिशतले सर्जिकलमार्फत गर्भपतन गराएको रिपोर्टमा उल्लेख छ ।
सुरक्षित गर्भपतन सेवा लिनेमा ६ प्रतिशत भने २० वर्ष मुनिका युवतीहरू रहेको उल्लेख छ । २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउनुमा उमेर नपुगी विवाह गर्नु र बिना योजना गर्भधारण हुनु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
Discussion about this post