झापा : झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ। वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातीसहित चार जनालाई पक्राउ गरेको छ।
गौरादह नगरपालिका ७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाती १७ वर्षीय धीरज विकसहित टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।
घटना फागुन २५ गते शिवरात्रीको मध्यरातमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लागुऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउको रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए। हत्या पश्चात उनको शव ग्वालीमा लगेर पुरेको प्रहरीले जनाएको छ ।
पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले बुधबार (आज) बिहान प्रहरीमा उजुरी दिएका थिए।
‘प्रहरीमा उजुरी परेलगतै अनुसन्धान गर्दै जाँदा उनको हत्या भइसकेको र शव ग्वालीमा गाडिएको अवस्थामा फेला पर्यो,’ एसपी केसीले भने।
धीरजले लागूऔषधको नशामा हजुरआमाको हत्या गरेको हुनसक्ने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।













Discussion about this post