इटहरी : सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीले ५५ किलो पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।
सुनसरीको बर्जु गाँउपालिका ४ स्थित दशगजा नजिक मकैबारीबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी हर्वानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक अर्जुन कार्कीको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी अमडुवाबाट सशस्त्र प्रहरी सहाकय निरीक्षक ललित खड्काको कमाण्डमा खटिएको २ जनाको मोटरसाइकल गस्ती टोलीलाई देखेपछि गाँजा बोक्ने चार जना गाँजा छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सीतागन्जमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।














Discussion about this post