इटहरी : सुनसरीबाट सशस्त्र प्रहरीले १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ ।
मङ्गलबार राति १ः३० बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोसी नदीको किनारमा डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सह प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर डुङ्गा लिइ फरार भएका प्रहरीले जाएको छ ।
उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।














Discussion about this post