Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरान युवती हत्या प्रकरण : अर्कै केटासँग नजिकिएको पत्ता लागेपछि आफ्नै प्रेमीले गरे हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ९, २०८०
in टाकुरा विशेष, समाचार
0
धरान युवती हत्या प्रकरण : अर्कै केटासँग नजिकिएको पत्ता लागेपछि आफ्नै प्रेमीले गरे हत्या
409
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार (आज) इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलनमार्फत घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पक्राउ पर्नेमा धरान १६ का १९ वर्षीय सविन भनिने बाबुराम भुजेल रहेका छन् । उनलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

‘घटनास्थलमा उनीहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि युवकले योजना अनुसार नै खुकुरी लिएर गएका थिए,’ एसपी रेग्मीले भने, ‘सोही खुकुरीले घाँटी रेटेर हत्या गरी खोल्सामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

भुजेललाई प्रहरीले धनकुटा नगरपालिका वडा नं ९ स्थित मुलघाटमा लुकिछिपी रहेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरेको थियो । उनको साथबाट सुमनाले प्रयोग गर्ने मोबाइल पनि बरामद गरेको छ ।

बुधबार दिउँसो सुमनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा फेला परेको थियो ।
सुमना अर्कै केटासँग नजिकिएको पत्ता लागेपछि हत्या गर्ने नियतले नै बाबुरामले खुकुरी बोकेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए ।

उनका अनुसार उनीहरूबीच २ वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको थियो । तर, गत पुसमा भने सुमनाले ग्लोबल ओरियन्स धरानमा काम गर्न थालेपछिसोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् ।

सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबीच विवाद बढ्दै गएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मुलघाटमा गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको र प्रेममा खटपटपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए ।

साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवै जना पुगेको प्रहरीको निष्कर्ष छ ।

घटनामा संलग्न रहेको आशंकामा अन्य पाँचजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, बाबुराम मुख्य दोषी रहेकाले उनलाई सार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।

यो पनि – धरानमा घाँटी रेटेर हत्या गरिएको घटनामा ६ जना पक्राउ, आज सार्वजनिक गरिदैँ

यो पनि – धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

यो पनि – धरानमा घाँटी रेटिएको अवस्थामा एक किशोरीको शव फेला

Tags: #धरान#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ
FEATURE BREAKING

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा...

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    235 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.