झापा : झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कनकाई नगरपालिका ५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी १० का २८ बर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका ३ स्थितबाट कन्काई ४ का २३ वर्षीय सलिम आलम र २७ वर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगरसहित भारत ठाकुरगञ्ज गलगलियाका ३२ वर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post