Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा फस्टाउँदै सुकुटीको व्यापार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०८०
in समाचार
0
धरानमा फस्टाउँदै सुकुटीको व्यापार
73
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् ।

फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका-१५ की दिलकुमारी तामाङले बताउनुभयो । हरेक बिहानको ७ बजे उहाँ घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ । सोही गल्लीमा सुकुटी बेच्दाबेच्दै दिन बित्छ ।

बिहानदेखि बेलुका ८ः३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ । तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउनुहुन्छ अनि आफैँ सुकुटी बनाउनुहुन्छ ।

त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ । आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।

निकेतन गल्लीमा सुकुटी बेच्दै भेटिनुभएका उहाँले भन्नुभयो, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरू पनि धेरै आउँछन् ।”

तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उहाँले बताउनुभयो । सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उहाँको अनुभव छ ।

मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताउनुभयो । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ । दुःख गरेको खेर जाँदैन ।”

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रूपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताउनुभयो ।

उहाँका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् । धरान-१५ की विनीता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्नुहुन्छ ।

उहाँका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ । सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उहाँको भनाइ छ ।

सुकुटीको अचार प्रतिकेजी १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिनुभयो । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उहाँको भनाइ छ ।

सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भन्नुभयो, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ ।”

धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् ।

उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् ।

धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरूको कारोबारको स्तर कस्तो छ भन्ने यकिन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् ।

बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् । सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भन्नुभयो, “एउटै पसलबाट २५-३० हजारको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि ।”

विगतका वर्षहरूको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ । व्यापारी गिरीले भन्नुभयो, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरू व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।”

Tags: #धरान#राससव्यापारसुकुटी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    979 shares
    Share 392 Tweet 245
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.