इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएका एमालेका ३९ सांसदले समर्थन फिर्ता लिएका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसदका रूपमा समर्थन गरेका एमालेका सांसदहरूले समर्थन फिर्ता लिएका हुन् ।
सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकारलाई समर्थन फिर्ता लिएको लिखित जानकारी गराएका हुन् । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेश प्रमुख र सभामुखलाई भेटेर समर्थन फिर्ता लिने जानकारी गरएको बताए ।
उनका अनुसार कोशीमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्तापछि माओबादी–एमालेबाट हिम्मत कार्कीलाई मुख्यमन्त्रीको वैकल्पिक दाबी पेश गरेका छन् ।
गत असोज २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत गरी ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले सोमबार समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अल्पमतमा परेको एमालेको दाबी छ ।
यो पनि – कोशीमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन
यो पनि – कोशी प्रदेश : माओबादीका तीनैजना मन्त्रीले दिए राजीनामा
यो पनि – कोशी सरकारबाट बाहिरियो माओबादी, समर्थन पनि आजै फिर्ता लिने














Discussion about this post