इटहरी : कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार आगामी वैशाख ६ गतेका लागि आह्वान गरेका हुन्।
‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघीय सरकारमा सत्ता गठबन्धन हेरफेर भएसँगै त्यसको प्रभावमा परेको कोशीमा पनि सरकार परिवर्तनको चलखेल भइरहेको छ। एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन्।




















Discussion about this post