खोटाङ : खोटाङमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।
छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको शनिबार राति सवा ८ बजे हत्या भएको हो ।
स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
उनका अनुसार तीन जनाले छुरा प्रहार गरेको र उनीहरू फरार रहेका छन् छन् । फरारको खोजी भइरहेको कार्कीले सुनाए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post