Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा : ‘पत्रकार उपचार कोष’मा एक करोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८१
in समाचार
0
झापा : ‘पत्रकार उपचार कोष’मा एक करोड
106
SHARES
Share on FacebookShare on Twitter

झापा : नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशी एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताए ।

महासंघको आफ्नै कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए ।

उनका अनुसार समाचार संकलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

‘अधिकांश पत्रकार कमजोर आर्थिक पृष्ठभूमिबाट यो पेसामा आएका हुन्छन्’, महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले भने, ‘पारिश्रमिक पनि न्यून हुने भएकाले बिरामी हुँदा उपचारमा जहिल्यै अभाव हुने गरेको देखेपछि उपचार कोष स्थापनाको सोच अघि बढाइएको थियौँ ।’

उनका अनुसार जिल्लामा हाल दुई सयभन्दा बढी पत्रकार क्रियाशील छन् । दैनिक, साप्ताहिक र वार्षिक पत्रिका प्रकाशित भइरहेका छन् भने टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यम सञ्चालनमा छन् ।

कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ । कोष वृद्धिका लागि समिति गठन गरिएको थियो । कोषको साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमा राखिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट पत्रकारको उपचारमा खर्च हुँदै आएको कोषले जनाएको छ ।

कोषको सहयोगमा जिल्लाका थुप्रै पत्रकारले दुर्घटना हुँदा र बिरामी पर्दा उपचार सहयोग पाइसकेका छन् । झापामा प्रेस चौतारी नेपालको शाखाले समेत ‘पत्रकार उपचार कोष’ स्थापना गरेको छ ।

Tags: #झापा#पत्रकार#राससकोषनेपाल फोटो पत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
भिजिट नेपाल

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

by रासस
बैशाख ५, २०८३
0

ताप्लेजुङ : जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 
FEATURE BREAKING

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

इटहरी : सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २...

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1250 shares
    Share 500 Tweet 313
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.