बिराटनगर : मोरङको बिराटनगर महानगरपालिका १५ मा भन्सार छली नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरको प्रादेशिक अनुसन्धान समुह बाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
आज बिहान अवैधरुपमा ल्याउदै गरेको अवस्थामा मोबाइलको डिस्प्ले २६५ थान र स्टिकी गम १२ थान समेत गरी करिव ३ लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
बरामद भएका उक्त सामग्री आवश्यक कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाईएको देश प्रहरी कार्यालय बिरानगरले जनाएको छ ।
Discussion about this post