इलाम : इलाममा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका(१ मिलगोलाईस्थित सडकमा मे।११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका(९ बस्ने ४६ वर्षीया मनकुमारी लावतीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Discussion about this post