Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा खानेपानीको चरम अभाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८१
in समाचार
0
धरानमा खानेपानीको चरम अभाव
134
SHARES
Share on FacebookShare on Twitter

धरान : सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ ।

धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ उनले आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गरे । उनले भने, “पानी नआएको हप्ता दिन भएको भइसकेको छ । ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ । समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ ।”

पानीको अभावमा भोगिरहेका विकास बनेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाए । उनले भने, “नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने अवस्था छ । धरानमा खानेपानीको समस्या समाधान कहिले हुन्छ होला पानीको अभावले धेरै दुःख पाइयो ।”

धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर मन्दिर क्षेत्र आसपासका बासिन्दाले घण्टौं समय लगाएर धाराबाट खानेपानी बोकेर ल्याएर खानुपरेको बताउँछन् । स्थानीय पवित्रा सुब्बाका अनुसार पानी लिन एक घण्टा खर्चनुपर्ने अवस्था छ । उनी भन्छिन्, “खत्री धाराबाट पानी ल्याउन त्यति सहज छैन पानी भर्नलाई लाइनमा बसेर निकै बेरपछि पालो आउँछ पानी पनि पर्याप्त छैन, धेरै समस्या छ ।”

पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्याङ्करको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले बताए ।

उनले भने, “वर्षेनी सुक्खा मौसममा भूमिगत पानीको सतह सुक्ने, खोलाखोल्सीको पानी जम्मा गर्न नसकेको हुनाले पानीको अभाव बर्षेनि हुने गरेको छ ।” अहिले धरान–८ मा रहेको भूमिगत पानीको पम्प बिग्रिएपछि पानीको समस्या थपिएको उनले सुनाए ।

विसं २०७८ को जनगणनाअनुसार धरानको जनसङ्ख्या एक लाख ६६ हजार पाँच सय ३१ छ । धरानमा हाल दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ । मागमध्ये आधा मात्रै पानी पनि उपलब्ध छैन ।

खानेपानी संस्थानले केही वर्ष अगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो । त्यसयता भने समस्या फेरि सुरु भएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचित भएरपछि झण्डै ४२ किलोमिटको दुरीबाट पानी ल्याएका थिए । तर दीर्घकालीनरुपमा भने समस्या समाधान हुन सकेको छैन ।

धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको धरान खानेपानी व्यवस्थापनबोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाइ छ । उनले खोलानाला सुकेर पानी ट्याङ्कीमा जम्मा हुन नसकेको कारण धरानका सबै ठाउँमा खानेपानीको अभाव भएको बताउँछन् ।

उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले धरानमा देखिएको खानेपानीको समस्याका लागि दीर्घकालीन उपाय खोजनुपर्ने बताउँछन् ।

उनले भने, “धरानमा खानेपानी समस्या समाधानका लागि भइरहेका प्रयास पर्याप्त छैनन्, दीर्घकालीनरुपमा समस्या समाधान हुने गरी काम गर्नुपर्छ ।” उनले योजनाबद्धरुपमा काम नहुँदा सुक्खा मौसम सुरु भएसँगै पानीको अभाव सुरु हुने गरेको बताए ।

Tags: #धरान#धरान उपमहानगरपालिका#राससअभावखानेपानी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार...

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    327 shares
    Share 131 Tweet 82
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.