Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सामान खरिद गर्दा हुने ठगीबाट बच्न उपभोक्ता आफैं सचेत बन्नुपर्छ : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८१
in समाचार
0
सामान खरिद गर्दा हुने ठगीबाट बच्न उपभोक्ता आफैं सचेत बन्नुपर्छ : मेयर कोइराला
83
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गरे ।

उनले भने, ‘जबसम्म उपभोक्ता आफैं सचेत हुँदैन तबसम्म उपभोक्ता अधिकार स्थापित हुँदैन । गुणस्तर, तौल र मूल्यमा हुने ठगी रोकिँदैन ।’

बजार अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परेपनि समन्वयको अभावमा अनुगमन प्रभावकारी हुन नसकेको बताए । अन्य सरकारी निकायका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्दा समस्या देखिएको उनको भनाइ छ ।

‘ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको जिम्मेवारी तोकेको छ । गुणस्तर, नापतौल, प्रशासनलगायतका सरकारी निकायका प्रतिनिधिले आलटाल गर्दछन्,’ उनले भने, ‘जसले गर्दा अनुगमन प्रभावकारी भइरहेको छैन ।’

सामानको गुणस्तर, उपभोग्य मिति, मूल्य सबै हेरेर मात्रै खरिद गर्ने बानीको विकास गर्नु जरुरी रहेको उनले बताए । सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म उपभोक्ता भएकाले उपभोक्ताको हक अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा कोइरालाले बताए ।

‘जन्मेदेखि नमरुञ्जेलसम्म सबै नागरिक उपभोक्ता हुन् । स्वयम् उत्पादक र विक्रेता पनि उपभोक्ता हुन् । किनभने उनीहरूले आफूले उपभोग गर्ने कुनै न कुनै सामान खरिद गरेकै हुन्छन्,’ मेयर कोइरालाले भने ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, अधिकारकर्मी भारती उपाध्याय, आयोजक संस्थाकी अध्यक्ष शोभा निरौला, उपाध्यक्ष भूमिका गिरी, सचिव चूडा ठकुरीलगायतले उपभोक्ता अधिकारका विषयमा बोलेका थिए ।

एकदिने प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईले खाद्य स्वच्छता र गुणस्तर नियमन, गुणस्तर तथा नापतौलसम्बन्धी आधारभूत विषयमा जानकारी गराइन् ।

उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रममा एक सय जना महिला सहभागी भएको आयोजक संस्थाकी सचिव चूडा ठकुरीले बताइन् ।

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    315 shares
    Share 126 Tweet 79
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.