‘व्यवहारिक प्रयोगात्मक र बालमैत्री शिक्षा, आजको आवश्यकता’ भन्ने कुरालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई कसरी उचित शिक्षा दिन सकिन्छ भन्ने कुरामा अथक प्रयास गरिरहेका छौँ ।
वि.स. २०४६ सालमा स्थापित तरहराकै जेठो निजी विद्यालय यस सयपत्री सेकेण्डरी इङ्लिस स्कूलले समयसापेक्ष व्यवहारिक एवम् सीपमूलक शिक्षालाई जोड दिँदै आएको छ ।
नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा आइरहेको यस विद्यालयले कसरी विद्यार्थीहरूलाई अनुशासित, मर्यादित साथै उचित संस्कार दिन सकिन्छ भन्ने कुरामा निर्विवाद अगाडि बढिरहेको छ ।
यस विद्यालयमा एकान्त र पूर्ण रूपमा स्वच्छ, शीतल र शान्त वातावरणमा फराकिलो खेल मैदान, मापदण्डअनुसारकै भौतिक संरचनामा अतिरिक्त क्रियाकलापको लागि चाहिने आवश्यक वस्तुहरूको सहि व्यवस्थापनमा पूर्ण रूपमा सुरक्षाको महसुस गर्न सकिन्छ ।
सर्वसाधारणको पहुँचलाई मध्यनजर गर्दै आर्थिक भारलाई कम गर्ने उदेश्यले तय गरिएको शुल्कले पनि तरहरा क्षेत्रका अभिभावकहरूको पहिलो रोजाइमा सयपत्री स्कुल पर्ने गरेको छ ।
विगत लामो समयदेखि शिक्षा क्षेत्रमा लागिरहनुभएका सञ्चालकहरूको अथक प्रयास, शिक्षक कर्मचारीहरूको लगनशीलता, अभिभावकहरूको सकारात्मक र रचनात्मक सहयोगले नै विद्यार्थीहरूको आकर्षण यस सयपत्री स्कुलमा बढ्दै गएको कुरामा दुईमत नहोला ।
हामीले सर्वसाधारण नागरिकको पहुँचलाई मध्यनजर गर्दै विद्यार्थीको क्षमता वृद्विका निम्ति निरन्तर र अथक प्रयास गरिरहेका छौँ ।
प्रभावकारी सिकाइका लागि स्वतन्त्रता, अनुशासन र संस्कारयुक्त सिकाइ, आत्मनिर्देशित सिकाइ र सिकाइका अनुभवहरूमा विशेषगरी प्रयोगात्मक सिकाइमा जोड दिँदै आएका छौँ ।
व्यक्तिगत र सामाजिक व्यवहारका कुराहरू पनि विद्यार्थीहरूले विद्यालयमै सिक्छन् ।
विद्यालयमा हामीले अभ्यास गरिरहेको सिकाइको दृष्टिकोणले बालबालिकाहरूलाई आफ्नै गतिमा सीपको विकास गर्न र उनीहरूको आफ्नै रुचि र प्रतिभा पत्ता लगाउन प्रोत्साहन गर्दै आएका छौँ ।
यस अभ्यासका कारण जीवनभरका लागि विद्यार्थीहरूको सिकाइ प्रभावकारी हुने आत्मविश्वास गर्न सकिन्छ ।
(राजेश श्रेष्ठ सयपत्री सेकेण्डरी इङ्लिस स्कुलका प्रशासक तथा निर्देशक हुन् । स्कुलबारे उनले राखेको यो धारणा उनको निजी हो ।)
–ADVT
Discussion about this post