Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा हेमकर्णको २४ महिना, २८ काम !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८१
in टाकुरा विशेष, समाचार
0
198
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जनप्रतिनिधिको रूपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पूरा हुँदैछ ।

नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ वर्षमा धेरै परिवर्तनको महसुस भएको उपमहानगर स्रोत बताउँछ ।

निर्वाचित भएसँगै सकारात्मक कामको सुरुवात गरेका मेयर पौडेलले दोस्रो वर्ष भने ठूला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।

बाढीको डुबानबाट इटहरीबासीलाई जोगाउने मुल मुद्धा लिएर चुनाव जितेका उनी अहिले यही मुद्दामा प्रवेश गर्दैछन् । कामको सुरुवातसँगै जनप्रतिनिधिबीच विवाद पनि सुरु भएको छ ।

२४ महिना, २८ काम

१. सार्वजनिक शौचालय : सरकार प्रमुखको रूपमा निर्वाचित भएर आएका मेयर पौडेलले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकता दिए । जसअनुसार इटहरीका मुख्य भीडभाड हुने सार्वजनिक स्थानमा शौचालय निर्माण भएको छ । हाल ४ वटा शौचालय निर्माण भएको छ ।

२. थारु पहिलो जाति घोषणा : पोडेलले प्राचिन कालदेखि बसोबास गर्दै आएका ‘थारु’ जातिलाई इटहरीको पहिलो जाति घोषणा गरे । आफ्नो घोषणापत्रलाई कार्यान्वयन गर्दै मेयर पोडेलले थारुलाई पहिलो जाति घोषणा गरी आफ्नो वाचा पूरा गरेको बताउँछन् ।

३. ग्रामथानको सूचीकरण : उनले पहिलो जाति थारुको धार्मिक तथा साँस्कृतिक भूमि ग्रामथानको संरक्षण गर्न सूचीकरण गर्ने कामको थालनी गरेका छन् । ग्रामथानहरूको पुर्ननिर्माण थालिएको छ ।

४. विद्यालयमा दिवा खाजा कार्यक्रम : देशभरमै पहिलोपटक भनेर दाबी गरिएको कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम सुरु गरेर इटहरीले राम्रै चर्चा पायो ।

विद्यार्थीहरूले अहिले साताको ६ दिन विभिनन पौष्टिक खानेकुरा प्राप्त गर्दै आएका छन् । यसकारण पनि विद्यार्थी ‘ड्रप आउट’ हुने, विद्यालय नआउने समस्या हटेको उपमहानगरको दाबी छ ।

५. इटहरी अस्पतालमा सुधार : अस्पतालको सेवामा सुधार आएसँगै इटहरी अस्पतालको मुहार फेरिएको छ । २४ सै घण्टा इमरजेन्सी सेवा, १५ बेडमार्फत बिरामीको उपचार सुरु भएको छ ।

अस्पतालमा अहिले दैनिक रूपमा हाडजोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बालरोग विशेषज्ञ डाक्टरले बिरामीको उपचार गर्दै आएका छन् । अस्पतालमा नियमित रूपमा रगत जाँच, एक्स रे, भिडियो एक्स रे, ई–सिजी लगायतका स्वास्थ्य परीक्षण हुन थालेको छ । ठूलो संख्यामा बिरामीहरु उपचारका लागि अस्पताल आउन थालेका छन् ।

६. घरदेखि घाटसम्म निः शुल्क शव वाहन सेवा : मेयर पौडेलले घरदेखि घाटसम्म निःशुल्क शव वाहन सेवा दिने घोषणा गरे । सोहीअनुसार अहिले शव वाहनले मृत्यु भएका परिवारका घरमा पुगेर शवलाई घाटसम्म निःशुल्क पु¥याउने काम गर्दै आएको छ ।

७. इटहरीबासीलाई निःशुल्क एम्बुलेन्स सेवा : इटहरी उपमहानगरपालिका २ वटा एम्बुलेन्सले २४ सै घण्टा बिरामीलाई अस्पताल सम्म पु¥याएर सुविधा दिँदै आएको छ ।

८. मुख्य चोकमा पार्किङ निषेध, फुटपाथ व्यवस्थापन : जथाभावी पार्किङले शहर अस्तव्यस्त भएपछि उपमहानगरले मुख्य चौकको ३ सय मिटर वरपर पार्किङ निषेधित क्षेत्र घोषणा ग¥यो । मेयर पौडेल आफैँ सडकमा पुगेर नियमको कार्यान्वयन गराए । जथाभावी पार्किङ हटेपछि इटहरीको मुख्य चौक खुल्ला र सफा देखिएको छ । पार्किङको वैकल्पिक व्यवस्था गर्ने उपमहानगरले जनाएको छ ।

९. पालिकाबाटै श्रम स्वीकृति : श्रम स्वीकृतिको काम उपमहानगरपालिकाबाटै हुन थालेको छ । गत वर्षको असोज महिनादेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालेपछि काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको उपमहानगरको दाबी छ ।

१०. छ लेन सडक विस्तार : ६ लेन सडक आयोजनाको कामले गति लिएको छ । बषौँदेखि सडक मिचेर बनेका संरचनाहरू मेयर पौडेलले डोजर चलाएर भत्काएपछि अहिले सडक विस्तारको कामले तीव्रता पाएको छ ।

११. अनलाइन घर नक्सा, निःशुल्क घर डिजाइन : इटहरीमा अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न थालिएको छ । यसकारण पनि भीडभाड हटेको छ । नगरबासीहरूले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । काम छिटो र सजिलो तरिकाले हुन थालेको छ ।

नेपालमै पहिलोपटक भनेर दाबी गरिएको इटहरी उपमहानगरले नगरबासीलाई घरको नक्सा निःशुल्क बनाइदिने थालेको छ । १ हजार स्वायर फिट भन्दा साना घरको नक्सा निःशुल्क डिजाइन हुन्छ ।

१२. पूर्वाधार ल्याब र खाद्य प्रविधि ल्याब सुरु : ः निर्माणमा गुणस्तरीयता कायम राख्न इटहरी उपमहानगरभित्र छुट्टै पूर्वाधार ल्याब स्थापना भएको छ । ल्याबमा बालुवा, गिटी, सिमेन्ट, डन्डीको जाँच गरिन्छ । योजना सुरु गर्नुभन्दा अघि अनिवार्य गुणस्तर रिपोर्ट लिनुपर्छ ।

इटहरीमा निर्माण सामाग्रीको गुणस्तर जाँच हुन थालेपछि अन्य पालिका तथा ठूला आयोजनाहरूले पनि जाँच गर्न ल्याउन थालेका छन् । यसले राजश्वमा वृद्धि भएको छ । खाद्य ल्याब पनि स्थापना गरिएको छ । अनुगमनमा शङ्का लागेका वस्तुको नमुना सङ्कलन गरी ल्याबमा जाँच गर्न थालिएको छ ।

१३. सीसी क्यामेराको निगरानी र सुरक्षा : सहरको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरी उपमहानगरले सार्वजनिक स्थल तथा मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको छ ।

इटहरीको मुख्य राजमार्ग, व्यस्त बजार, सार्वजनिक स्थलमा ८० भन्दा बढी सीसी क्यामरा जडान भएका छन् ।

ट्राफिक व्यवस्थापन गर्न सजिलो भएको छ । वित्तिय संस्थाहरूले सुरक्षित महसुस गरेका छन् । उपमहानगरपालिकाले सीसीटिभीमार्फत मोनिटरिङ गर्न नागरिक सहायता कक्षभित्र छुट्टै डिजिटल कक्ष स्थापना गरिएको छ ।

१४. सुविधा सम्पन्न नागरिक सहायकता कक्ष स्थापना : पुराना र थोत्रे सामान थन्काउने कवाडखाना जस्तो थियो, उपमहानगर । उपमहानगरको प्राङ्गण स्थललाई चिटिक्क परेको नागरिक सहायता कक्ष बनाइएको छ ।

अहिले सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु पर्दैन । सेवाग्राहीको निवेदन लेखिदिने, नबुझेको कुरा बुझाइदिने, अशक्त अपांगता भए फाइल सम्बन्धित शाखामा पु¥याएर कर्मचारीले नै काम गरिदिन्छन् । सेवा लिन पुगेका जो कोही सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।

१५. ठेकेदारलाई कालो सूचीमा राख्दै, अधुरा काम पूरा गर्दै : काम नगर्ने निर्माण कम्पनी विरुद्ध इटहरी उपमहानगर एक्सनमा उत्रियो । योजनाहरू अलपत्र पार्ने निर्माण कम्पनीहरूलाईं कारबाही गर्दै कालो सूचीमा राख्न उपमहानगरले स्पष्टीकरण सोध्यो ।

पछि केही कम्पनीहरू सम्पर्कमा आए । अधुरा काम पुनः सुरु भएका छन् ।

१६. आधुनिक बसपार्क निर्माण शिलान्यास : आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण थालिएको छ । नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको ठेक्कामा अहिले धमाधम निर्माण हुँदैछ ।

एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेष्टुरेन्ट समेत रहनेछ । बसपार्क बनेपछि यातायाता व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

१७. सुशासनमा सुधार : उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधार गरेको छ । सेवाग्राहीलाई कुनै झन्झट बिना छिटो, छरितो र सहज ढंगबाट सेवा प्रदान हुन थालेको उपमहानगरको दाबी छ ।

प्रदान गरिने सेवालाई अनलाइन बनाइएको छ । नगरबासीले पहिले जस्तो फाइल बोकेर धाउनुपर्दैन । भीडभाडमा लाइन लाग्नु पर्दैन । कर तथा राजश्व तिर्न मोबाइल तथा अनलाइनबाट सजिलै तिर्न सकिन्छ ।

कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।

१८. शैक्षिक गुणस्तर सुधार संकल्प अभियान : शिक्षालाई प्राथमिकतामा राखेका मेयर हेकमर्ण पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् ।

शैक्षिक सत्र २०८१ देखि विद्यालयहरूको गुणस्तर सुधारका लागि मेयर पौडेलले सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनप्रतिनिधिहरूले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति लिएको छ । राजनीति र भनसुनका आधारमा नभई आन्तरिक प्रतिस्पर्धाका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने मेयर पौडेलले घोषणा गरेका छन् ।

स्थानीय पाठ्यक्रम, थारु भाषामा पठनपाठन सुरु गर्ने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

१९. सहकारी सुधार कार्यक्रम : सहकारी संस्थाहरूमा देखिएका समस्या समाधानका लागि इटहरी उपमहानगरपालिकाले सुधारको पहल थालेको छ ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापकको सम्पत्ति विवरण माग गर्ने नगर सहकारी समितिले निर्णय गरेको छ । सहकारी ऐनमा भएका केही ऐनलाई संशोधन, प्रतिस्थापन र नयाँ थप गर्दै देखिएका अप्ठ्यारालाई सम्बोधन गर्दै लागू गर्ने निर्णय भएको छ ।

उपमहानगरपालिकाले राम्रा सहकारीलाई पुरस्कृत गर्ने र सहकारीको नाममा बैमान गर्नेहरूलाई कानुन बमोजिम कारबाही गर्न थालेको छ । प्रत्येक वर्ष राम्रो काम गर्ने सहकारीलाई सम्मान गर्ने परम्परा सुरु गरेको छ । अर्को महत्वपूर्ण काम भनेको बचतकर्ताको रकम फिर्ता गराउने काम गरेको छ ।

२०. आकासे पुल र सभाहल ठेक्का : अब इटहरीमा आकासे पुल र सभा हल बन्ने भएको छ । दुवैको निर्माणको ठेक्का लागेको छ । अघिल्लो सरकारले बनाउने चर्चा गरे पनि नसकेको काम मेयर पौडेलको नेतृत्वमा यसलाई मूर्त रुप दिने भएको हो ।

इटहरीको मुख्य चौकको धरान रोडमा र विराटनगर लाइनको गोल्डेन चौकमा आकाशे पुल बन्ने छ । यस्तै, इटहरी ५ स्थित काव्यबाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ ।

एकैपटक ५ सय मानिस अट्ने क्षमता भएको ३ तलाको आधुनिक सभा हल निर्माण हुनेछ । ३ तलाको भवनमा तीन स्टेप स्लोप डिजाइनको सभा हल निर्माण हुनेछ ।

यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने छ ।

२१. खोलापैनी सफाइ टेङ्ग्रा कोरिडोर निर्माण सुरु : इटहरीलाई बाढी र डुबानबाट जोगाउने महत्वकाक्षी योजना यो वर्ष सुरु भयो ।

डुबानबाट जोगाउने मूल मुद्दा लिएर चुनाव जितेका मेयर पौडेलले लामो समयको प्रतीक्षापछि टेङ्ग्रा खोलामा डोजर चलाए । पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको पौडेलले बताए ।

टेङ्ग्रा खोला सफाइमा डोजर चलेसँगै इटहरीबासीलाई अब भने डुबानमा पर्नुपर्दैन कि भन्ने आशा पलाएको छ । डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उपमहानगरले टेङ्ग्रा कोरिडोर योजना अगाडि सारेको छ ।

विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले जनाएको छ । तालतलैयाको मुहानदेखि दक्षिणी सीमा क्षेत्रसम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ ।

खोला सफाइसँगै अहिले कोरिडोर निर्माणको काम पनि हुँदैछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि सँगै हुँदैछ ।

२२. निजी विद्यालयहरूको वर्गीकरण र शुल्क निर्धारण : शैक्षिक गुणस्तर सुधारको अभियान चलाएको इटहरी उपमहानगरले निजी विद्यालयलाई व्यवस्थित गर्ने काम सुरु गरेका छन् ।

पछिल्लो ५ वर्षदेखि हुन नसकेको निजी विद्यालयको श्रेणी करणलाई परिमार्जन गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने मेयर पौडेलले बताएका छन् ।

इटहरीका निजी विद्यालयहरू कुन स्तरमा छन् ? के कस्ता सेवा सुविधाहरू उपलब्ध गराइरहेका छन् ? शैक्षिक गुणस्तर कस्तो छ ? भन्ने विषयको अध्ययन भइरहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए ।

विद्यालयहरूको अनुगमन गरी यर्थाथ अवस्थाको मूल्याङ्कन गरी वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने उनले जानकारी दिए । अभिभावकसँग माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ ।

२३. विद्युतीय शवदाह गृह : इटहरीमा विद्युतीय दासंस्कार स्थल बन्ने भएको छ । पौडेलले अगाडि सारेको योजनालाई कोशी प्रदेश सरकारले साथ दिएपछि दाहसंस्कार स्थल निर्माण हुने भएको हो ।

इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउने विषयमा इटहरीमा मेयर हेमकर्ण पौडेल र कोशी प्रदेशका तत्कालीन वन, पर्यटन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने निर्णय भएको छ । करिब ३ करोड ५० लाखको लागतमा यो निर्माण हुनेछ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ ।

२४. चार वटा विद्युतीय नगर बस सन्चालनमा आउने : इटहरीमा आगामी आर्थिक वर्षदेखि नगर बस सञ्चालनमा आउने भएको छ । आर्थिक वर्ष २०८०–८१ देखि उपमहानगरपालिकाले ४ वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याउने भएको हो ।

नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पु¥याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ । नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत बनेको नगर बस रुट निर्धारण तथा व्यवस्थापन समितिले नगर बस चल्ने रुटको कार्ययोजना बनाइरहेको छ ।

२५. इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल : मेयर पौडेलले अत्याधुनिक भवन निर्माण गरेको जनाएका छन् । किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरीय उपचारका लागि अस्पताल निर्माण गरिएको मेयर पौडेलले बताए ।

भवन निर्माण भएपछि किसानका समस्या सहज ढङ्गबाट समाधान हुने उनले बताए । २ करोड ६ लाख ८२ हजार १६५ रुपैयाँ लागतमा तीन तले भवन निर्माण भएको छ ।

२६. आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स : कोशी प्रदेशमै पहिलोपटक भनेर दाबी गरिएको आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरू जनाइएको छ ।

एम्बुलेन्स सञ्चालनले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मेयर पौडेलले बताए । अहिले पनि स्वास्थ्य सेवा गरिबको पहुँचमा नभएको चर्चा गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारमा आफू लागि परेको बताए ।

२७. बिग्रेको सडक बनाउन रोलर र ग्रेड : उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको बताए ।

सडक निर्माणमा थप काम गर्ने उदेश्यका साथ उपमहानगरपालिकाले खरिद गरेको डोजर र रोलर ल्याइएको छ । एक वर्षभित्र टोलटोलमा बिग्रेको सडक बनाउने र नयाँ सडक पु¥याउने महत्वकांक्षी योजना सहित इन्फास्टक्चर एम्बुलेन्स खरिद गरिएको हो ।

२८. वडा कार्यालय निर्माणदेखि दमकलसम्म खरिद : मेयर पौडेलले वडा कार्यालयहरूको भवन निर्माणमा पनि प्रथामिकतामा राखेका छन् ।

भाडामा बस्दै आएको वडा कार्यालयहरूलाई आफ्नै भवनमा राख्ने उदेश्यका साथ काम गरिरहेको उनले जनाएका छन् । यसैगरी इटहरीमा एउटा मात्रै दमकल अपुग भएको भन्दै थप एक थान दमकल खरिद गरिएको मेयर पौडेलले जनाए ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1371 shares
    Share 548 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.