टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २९, २०८१
0
दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान

सांकेतिक तस्बिर ।

86
SHARES
Share on FacebookShare on Twitter

झापा : सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुईपाङ्ग्रेका चालकलाई लक्षित गरी अभियान सुरु गरिएको बताउनुभयो ।

यही वैशाख १२ गते शिवसताक्षीको झिलझिलेबाट कनकाई नदीमा नुहाउन एकाबिहानै गएका तीन युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।

युवाहरू सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको बोलेरो जिपसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा परी कमल-४ का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये मोटरसाइकल दुर्घटना भएका कारण मृत्यु हुने ३९ जना रहेको न्यौपानेले जानकारी दिनुभयो । उक्त अवधिमा चार सय ६३ सवारी दुर्घटना भएकामा मोटरसाइकलको सङ्ख्या दुई सय ८८ रहेको थियो । “मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ”, उहाँले भन्नुभयो, “सवारी चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनेट अभियान चलाएका हौँ ।”

अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ । अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षासम्बन्धी प्रशिक्षण दिने गरेको छ ।

साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएको छ । कान छोपिने हेल्मेट लगाउन, मदिरा सेवन गरेर सवारी नचलाउन र तीव्र रफ्तारमा  नकुदाउन जिल्लाका ट्राफिक प्रहरी प्रमुख न्यौपानेले आग्रह गर्नुभएको छ ।

अभियानमा खटिएका प्रहरीले मोटरसाइकलका चालकलाई दुर्घटना हुनै नदिने उपायका लागि आवश्यक सतर्कताका बारेमा संक्षिप्त प्रशिक्षण दिने गरेका छन् । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेमा २५ वर्षमुनिका युवाको सङ्ख्या उल्लेख्य रहेको प्रहरीको भनाइ छ । लागू पदार्थ र मदिरा सेवन गरेर मोटरसाइकल हाँक्ने व्यक्ति दुर्घटनाको उच्च जोखिममा पर्छन् । 

रासस

Tags: #ट्राफिक#राससअभियानट्राफिक प्रहरीट्राफिक सचेतनादुर्घटना

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

सुनसरी : मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी...

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु
समाचार

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

मोरङ : मोरङको रंगेली नगरपालिका ८ दर्वेसास्थित भित्री सडकखण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको...

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२
सुनसरीमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण पुष्टि

सुनसरी : अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुर मरे

प्रकाशित मिति : जेष्ठ ६, २०८२
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana