सङ्खुवासभा : सङ्खुवासभामा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मादी नगरपालिका ६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post