इटहरी : इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
नर्सरीदेखि कक्षा दशसम्मका शैक्षिक सत्र २०८० मा गरिएका विभिन्न शैक्षणिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।
शुक्रबार विद्यालयको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कृत गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक शशीकुमार उपाध्यायले जानकारी दिए ।
उपाध्यायले भने, ‘‘विद्यालयले शतप्रतिशत हाजिरी, उत्कृष्ट परियोजना कार्य, सकारात्मक सुधार, उत्कृष्टताको निरन्तरता र सामाजिक सहकार्यलगायत शीर्षकमा छनौट भएका सय जना विद्यार्थीलाई पुरस्कृत गरेका छौँ । विगतदेखि नै विद्यार्थीलाई पठनपाठनका अतिरिक्त बाहिरी क्रियाकलापमा समेत प्रोत्साहित गर्नका लागि पुरस्कार वितरण गर्ने गरेका छौँ ।’’
एसओएस बालग्रामको परियोजनाका रूपमा इटहरीमा सञ्चालनमा रहेको एसओएसमा ६२० जना विद्यार्थी अध्ययनरत छन् ।
गत सालदेखि कम्प्युटर इन्जिनियरिङ (कक्षा ९–१२) प्राविधिक कार्यक्रमसमेत सञ्चालनमा रहेको यस विद्यालय गुण्स्तरीय शिक्षाका लागि अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्दै आएको विद्यालयको दाबी छ ।














Discussion about this post