ताप्लेजुङ : युवतीलाई जबरजस्ती करणी गर्न खोजेर फरार रहेका एक युवकलाई भैँसी करणी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय विक्रम तामाङलाई भैँसी करणी गर्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार उनले गत बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किँदै गरेकी एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेका थिए । युवतीले हारगुहार गरेपछि स्थानीयहरू घटनास्थल पुग्दा तामाङ फरार भएका थिए ।
फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए ।
प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्न सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post