Sunday, March 8, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एसओएस हर्मन माइनर विद्यालयले मनायो अभिभावक दिवस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १४, २०८१
in समाचार
0
एसओएस हर्मन माइनर विद्यालयले मनायो अभिभावक दिवस
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इटहरीमा अवस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले २८ औँ अभिभावक दिवस मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यालयले अभिभावक दिवस मनाएको हो ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता चौधरीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका निर्देशक श्री देवचरण चौधरीको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख श्री खगेन्द्र सुवेदी, इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरी, इटहरी ७ का वडाध्यक्ष देवनारायण चौधरी, शिक्षाक प्रतिनिधि चन्द्रकला भट्टराई, इटहरी रेडक्रस सोसाइटीका सचिव सञ्जीव ढुङ्गाना, लक्ष्मी मा.वि. का प्रधानाध्यापक श्री प्रभुनारायण चौधरी, बालविकास मा.वि. का प्रधानाध्यापक श्री नारायण सन्जेल, श्री सरस्वती जब्दी मा.वि. का प्रधानाध्यापक मातृकाप्रसाद भट्टराई, किसान कल्याण ऋण तथा बचत सहकारी संस्थाका उपाध्यक्ष नरेन्द्र श्रेष्ठलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक शशीकुमार उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको सवाङ्गीण विकासमा सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उपमेयर चौधरीले मोबाइलको अत्यधिक प्रयोगले गर्दा आजभोलि अधिकांश बालबालिकाहरूमा नकारात्मक असर देखापरेको र उनीहरूको स्वास्थ्यमा विविध समस्या देखा पर्न थालेकोबारे चिन्ता व्यक्त गरिन् ।

बालबालिकाका क्षेत्रमा एसओएस बालग्रामले गरेको कामको प्रशंसा गर्दै उपमहानगरपालिकाका तर्फबाट सहयोग रहिरहने उनले बताइन् ।

कार्यक्रममा शिक्षाा तथा खेलकुद समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले विशेष वर्गका बालबालिकालाई सेवा पु¥याउँदै आएको यस विद्यालयलाई शिक्षाा तथा खेलकुद समन्वय एकाइ सुनसरीले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले भने, ‘विगतदेखि नै यस विद्यालयका सम्पूर्ण गतिविधि मैले नजिकबाट नियाल्दै आइरहेको छु । शैक्षिक उन्नतिमा यस विद्यालयले गरेको मिहिनेत प्रशंसनीय छ ।’

एसओएस बालग्राम इटहरीका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवचरण चौधरीले अभिभावक दिवसमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरूलाई धन्यवाद दिए । आफ्नो एक्लो प्रयासले मात्र बालग्रामले उन्नति नगरेको जिकिर गर्दै सबैको साथ र सहकार्यले गुणस्तरीय शिक्षााका क्षेत्रमा काग गर्न सकिएको उनले बताए ।

‘एसओएस बालग्रामले शिक्षाालाई विशेष परियोजनाका रूपमा प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको भए तापनि यसले बालबालिका तथा सामाजिक स्तरमा पनि थुप्रै काम गरिरहेको छ ।’ उनले भने । नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्राहरूद्वारा सामूहिक गीत, नृत्य, राइम्स, तेक्वान्डो खेलको प्रस्तुति गरेका थिए ।

इटहरीमा गुणस्तरीय शिक्षााका लागि अभिभावक तथा विद्यार्थीको रोजाइमा गर्दै आएको एसओएस हर्मन माइनर माध्यमिक विद्यालय एसओएस बालग्रामद्वारा विशेष परियोजनाका रूपमा सञ्चालन गदै आएको छ ।

नेपालभर जम्मा सातवटा हर्मन माइनर विद्यालयहरू सञ्चानलमा रहेका छन् । साधारण तथा कम्प्युटर इन्जिनियरिङ प्राविधिक धारको समेत पढाइ हुने यस विद्यालयमा एसओएस बालग्राममा आश्रित तथा समुदायका गरी जम्मा ६२० जना विद्यार्थी रहेका छन् ।

Tags: अभिभावक दिवसएसओएसविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी
निर्वाचन

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

झापा : झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त...

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित
FEATURE BREAKING

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

इटहरी : खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् । राईले १६ हजार ६१२ मत प्राप्त गरेका हुन्...

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२
झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २४, २०८२
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

फाल्गुन २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२
उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.