विराटनगर : विराटनगरस्थित सिटी प्यालेसमा आयोजित ‘श्रमाधान रोजगार मेला’मा दुई हजार बढीले रोजगारीका लागि आवेदन दिएका छन् भने पाँच हजार बढीले अवलोकन गरेका छन् ।
संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेला शुक्रबार समापन भएको छ । देशका सातै प्रदेशमा जारी मेलाको उद्घाटन विराटनगरस्थित सिटी प्यालेसमा राखिएको थियो ।
आयोजकका अनुसार जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले मेलाको अवलोकन गरेका हुन् । दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका दुई हजार बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए ।
मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने दुई सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोेशी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।














Discussion about this post