विराटनगर : नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड कोशी प्रदेश समितिको अधिवेशनबाट शिव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा उपाध्यक्ष प्रमोद राजवंशी, सचिव सचिन नेपाल, सह–सचिव निरज भुजेल, कोषाध्यक्ष देबेन्द्रकुमार दीपक निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा दिपेन पिठाकोटे, समीक्षा घिमिरे, विनिता खतिवडा, रचना दाहाल, कमल गिरी, पंकजकुमार राजवंशी, सन्तोष सुब्बा, अस्मिता शाक्य लगायत निर्वाचित भएका छन् ।
अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कोशी प्रदेश समिति अध्यक्ष हर्क नेम्वाङ (मिक्सो), माओवादी कोशी प्रदेश समिति उपाध्यक्ष कर्मचारी फ्याक्सन इन्चार्ज विजय साम्पाङ, संगठनका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी तथा महासचिव मोहन श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन महांसघका केन्द्रिय सचिवालय सदस्य रेवती ढुङ्गाना, प्रदेश अध्यक्ष गीताआचार्य र सचिव बालकृष्ण दङ्गालको उपस्थिति थियो ।
सोही अधिवेशनबाट झापा, मोरङ तथा सुनसरी जिल्ला कमिटी पनि गठन भएको छ ।



















Discussion about this post