मोरङ : मोरङको बेलबारी नगरपालिका ६ स्थित नहरमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय विनोद वनका ६ वर्षीय छोरा विवश वनको डुबेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनी बुधबार साँझदेखि सम्पर्कविहीन बनेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान ९ बजेतिर शव फेला परेको हो ।
घरदेखि नै सम्पर्कविहीन बनेका विवशको रातभर खोजी गरिएको थियो । प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर प्रहरीले घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।














Discussion about this post