Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा टेङ्ग्रा खोला सफाइपछि बाढीले घरहरू भत्किए, पीडितले घेरे मेयरको कार्यकक्ष

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०८१
in समाचार
0
इटहरीमा टेङ्ग्रा खोला सफाइपछि बाढीले घरहरू भत्किए, पीडितले घेरे मेयरको कार्यकक्ष

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको कार्यकक्ष अगाडि पीडितसहित स्थानीयबासी ।

210
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले गत चैत १३ गतेबाट टेङ्ग्रा खोला सरसफाई गर्दै, सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएपनि अविरल वर्षासँगै आएको बाढीले घरहरू भत्किएका छन् ।

इटहरीलाई डुबानरहित बनाउन र बर्सेनि आउने बाढीबाट हानी हुन नदिन उपमहानगरले खोला सफाइ अभियान चलाएपनि सम्भावित जोखिमलाई समेत ध्यान नदिई खोलालाई उत्खन्न गरेपछि इटहरी वडा नं. १२ र १३ का खोला छेउछाउ घरहरू भत्किएको हो ।

यससँगै बुधबार पीडितहरूले इटहरी उपमहानगरपालिका परिसरमा घेराउ गरेका छन् । इटहरी १२ मा बाढीले घर भत्किएपछि समस्या निम्तिएको स्थानीय निर्मल तिम्सिनाले बताए ।

‘जब वर्षा सुरु हुन्छ, तब खोला उत्खनन गरिन्छ । खोला छेउछाउका आधा घरहरू बाढीले बगाएको छ । खोला तर्न बनाएका पुलसमेत बाढीले क्षति पु¥याएको छ,’ उनले भने, ‘खोला सफाइ गर्दा जेसिबीले जथाभावी खनेको र आवश्यक सुरक्षाको उपाय नअपनाउँदा कमजोर बनेको माटो सामान्य बाढीले पनि कटान भएको छ ।’

गएरातिको बाढीका कारण इटही १३ मा ६ घर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी विपिन रेग्मीका अनुसार स्थानीय देवीकुमारी कार्की, रञ्जु सरदार, गंगा गौतम र तुलसा काफ्लेलगायतको घर कटानमा परेपछि विस्थापित भएका छन् ।

इटहरी उपमहानगरको लापरबाहीका कारण बाढी घरमा पसेको र विस्थापित हुनुपरेको पीडितहरूको भनाइ छ ।

इटहरी २ को तालतलैया क्षेत्रबाट सुरु भएको खोला सफाइ अभियानको क्रममा ५७ वटा अवैध संरचना हटाइएको उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए ।

टेङ्ग्रा खोलापछि उपमहानगरले खेतीखोलाको सीमाभित्र पर्ने अवैध संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरिसकेको भन्दै यो काम अब नरोकिने जनाएको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले निर्वाचनका समयमा स्थानीय मतदातासँग मत माग्न जाँदा इटहरीलाई डुबान हुन नदिने वाचा गरेका थिए । खोला सफाइ गर्दा साविकको गहिराइसम्म सफा गर्नुपर्नेमा गहिरोमा भने ध्यान दिएको नपाइएको स्थानीयबासीको भनाइ छ ।

पीडितहरूले विरोध जनाएपछि मेयर पौडेलले खोला किनारमा तटबन्ध बाँध्ने आश्वासन दिएका छन् ।

भिडियो

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाबाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    309 shares
    Share 124 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.