विराटनगर : कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ ।
शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि शनिबार (आज) बसेको प्रदेशसभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।
१ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । ४ असारबाट बजेटमाथि छलफल सुरु भएको थियो । चार दिन लगातार छलफलपछि बजेट पारित भएको हो ।
बजेट पारित गर्नुअघि नेपाली कांग्रेस सांसद गोपाल तामाङ र राप्रपा सांसद सविना बजगाईँले पेश गरेको खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएको थियो ।














Discussion about this post