Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर आएर डा. कोइरालाले भने, ‘राजनीतिमा बढेको अपराधीकरणले मुलुकमाथि नै समस्या’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०८१
in समाचार
0
विराटनगर आएर डा. कोइरालाले भने, ‘राजनीतिमा बढेको अपराधीकरणले मुलुकमाथि नै समस्या’
92
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् ।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

उनले राजनीतिमा हुने अपराधलाई रोक्न नसके मुलुक असफल हुने र त्यसको जिम्मा ठूला दलले लिनुपर्नेमा जोड दिए ।

‘राजनीतिमा अपराधीकरण बढ्दै गएको छ । राजनीति गर्नु भनेको पैसा कमाउनु हो र जसरी पनि पैसा कमाउने ध्याउन्नले गर्दा राजनीति विस्तारै विकृत र अपराधीकरणतर्फ उन्मुख भइरहेको छ,’ कोइरालाले भने, ‘दलहरूले अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गर्न पछि हट्नुहुँदैन ।’

आफ्नो पार्टी नेता कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उनको भनाइ थियो ।

भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको बताउँदै भ्रष्टाचारको विषय आउँदा जहिले पनि ठूला दलका नेतृत्व तहमा रहेका नेताहरू एकठाउँमा उभिन्ने गरेको नेता कोइरालाले प्रस्ट्याए ।

उनले भने, ‘ठूलाठूला भ्रष्टाचारका विषय उठ्दा ठूला दलका नेतृत्व तहमा रहेका नेताहरू एकैठाउँमा उभिने गरेकाले पनि भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको छ । भ्रष्टाचारलाई ठूला दलका नेताले नै मलजल गरिरहेका छन् ।’

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धमिलिँदै गएको उनको कथन थियो । नेता कोइरालाले भ्रष्टाचारका काण्डहरू बाहिर आउने तर केही समयपछि त्यतिकै सेलाएर जाने गरेका कारण भ्रष्टाचार नियन्त्रणमा नेपालको भूमिकाप्रति अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठ्ने गरेको बताए ।

भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने उनको भनाइ थियो ।

उनले संघ र प्रदेशमा गरी विगत डेढ वर्षमा २३ पटक सरकार फेरिएको बताए । स्थिर सरकार नभएकाले पनि जनअपेक्षाअनुसारको काम हुन नसकेको कोइरालाले उल्लेख गरे । नेता कोइरालाले सरकार गिराउने र ढाल्ने खेलमा कांग्रेस नभएको प्रष्ट पारे ।

‘सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस लाग्दैन,’ उनले भने, ‘तर सत्तारुढ दलभित्रै कलहका कारण यो सरकारको भविष्य पनि त्यति लामो छैन । यो सरकार पाकेको आँप जस्तौ हो कुन बेला झर्छ थाहा छैन ।’

नेता कोइरालाले २०८४ सालमा हुने आमचुनाव कांग्रेस एक्लै लड्ने बताए । विगतमा गठबन्धन गरेर चुनावमा जाँदा सरकार सञ्चालनको क्रममा कांग्रेसले धोका पाइसकेकाले अब कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिए ।

नेता कोइरालाले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डीला संग्रौला, मुस्लिम संघका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनैतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेले ध्यान दिनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राखे ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसराजनीतिशेखर कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1015 shares
    Share 406 Tweet 254
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.