Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको खेती खोलामा दुई सय ४८ घर भत्किने, ५० वर्षको पानीको बहाब अध्ययन गरिँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ९, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीको खेती खोलामा दुई सय ४८ घर भत्किने, ५० वर्षको पानीको बहाब अध्ययन गरिँदै

सीमा छुट्टाउन नापजाँच गरिदैँ ।

152
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाइ गरेको उपमहानगरपालिकाले खेतीखोलाको सीमा छुट्टाउने नापजाँचलाई तीव्रता दिएको छ ।

उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेतीखोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो ।

इञ्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारीसहितको नापजाँच टोली एक महिनादेखि इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन् ।

टेँग्राखोला सफाइको काम अपेक्षाकृत रूपमा सफलभएको दाबी गरेको उपमहानगरपालिकाले सोही शैलीमा खेती खोलाभित्र पर्ने अतिक्रमित संरचना भत्काउने र खोला सफाइ गर्ने बताएको छ ।

इटहरीमा कङ्क्रिटका भवनहरूले छोप्दै जाँदा खेतीखोला हराउँदै गएको छ । सिमाना हराउँदै गएको खेती खोलाको सीमा खोजी गर्न प्राविधिक टोली खटिएको छ ।

दुई सय ४८ घर भत्किने

अध्ययन समितिको असार ७ गते शुक्रवार सम्मको अध्ययनअनुसार खेती खोलामा दुई सय ४८ घर भत्किनेछन् । ती घरहरू खोलाको जग्गामा बनेका छन् ।

यो तथ्याङ्क नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरदेखि दक्षिण सिचाइको नहरसम्म र उत्तरतर्फ हलगडासम्म नापजाँच गर्दाको हो ।

पृतना हेडक्वाटरदेखि दक्षिण सिँचाइको नहरसम्म दुई सय २० घर भत्किने अवस्थाका छन् । उत्तर तर्फ हलगडा सम्म भने २० घर भत्किने देखिएको छ ।

त्यस क्षेत्रमा नापजाँच चलिरहेको हुँदा यसतर्फ पनि भत्किने घरको संख्या बढ्न सक्ने उपमहानगर स्रोतले जनाएको छ ।
खोलाको क्षेत्राधिकार भित्र साना कच्ची घरदेखि ठूला आरसिसी घरहरू पनि छन् ।

यस्ता घरहरूमध्ये केही घरहरू नक्सापास भएका घरहरू भएको अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए ।
यी क्षेत्रको अध्ययन गर्दा कतिपय ठाउँमा खोलाभित्रै घरहरू छन् भने व्यक्तिको जग्गामा खोला बगिरहेको छ ।

कसरी हुँदैछ नापजाँच

इञ्जिनियर, सर्भेयर, अमिनसहितको २२ जनाको टोली अहिले खेती खोलाका झाडी पन्छाउँदै खोलाको क्षेत्राधिकार र निजी जग्गा छुट्टाउँदै छन् ।

टोलीले खोलाको क्षेत्र र व्यक्तिको निजी जग्गा तथा घर छुट्टाएर चिह्न लगाउँदै छन् । प्राविधिक समितिले दुई किसिमले काम गरिरहेको वातावरण शाखाका प्रमुखसमेत रहेका चौधरीले बताए ।

उनका अुनसार जिल्ला नापी कार्यालयबाट प्राप्त भएको नक्साको आधारमा खोलाको क्षेत्राधिकार जाँच गरिदैँ छ । जसमा खोलाको क्षेत्राधिकारभित्र परेका घरहरूलाई रातो रगंले चिह्न लगाइएको संयोजक चौधरीले जानकारी दिए ।

अर्कोतर्फ प्राविधिक टोलीले हाल बगिरहेको खेती खोलाको आधारमा सँगै जाँच गरिरहेको छ । खोला बगिरहेको खोलाको आधारमा खोलाभित्र परेका घरहरूलाई भने पहेँलो रङले चिह्न लगाइएको छ ।

एकैपटक दुई वटै तरिकाले नापजाँच भइरहेको संयोजक चौधरीले जानकारी दिए ।

अहिलेसम्म नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटदेखि दक्षिणतर्फ सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरसम्म नापजाँच भइसकेको छ । त्यस्तै, पृतना हेडक्वाटरदेखि उत्तरतर्फ हलगडा सम्म नापजाँच भएको छ ।

नापजाँच गरिसकेपछि प्राप्त भएको तथ्याङ्क तथा अध्ययनको निष्कर्षसहितको प्रतिवेदन उपमहानगरमा बुझाइने र यसका लागि करिब तीन साता समय लाग्ने चौधरी बताउँछन् ।

प्रतिवेदन प्राप्त भएपछि उपमहानगरले दोस्रो चरणको काम सुरु गर्ने उनले स्पष्ट पारे ।

५० वर्षको पानीको तथ्याङ्क अध्ययन

सहर बीचबाट बग्ने खेती खोला हेर्दा सानो देखिन्छ । तर, वर्षाको समयमा ठूलो बाढी आउँछ । खासमा खेती खोलामा कति पानी बग्छ त ? यसबारे अध्ययन भइरहेको उपमहानगरले जनाएको छ ।

पछिल्लो ५० वर्षमा कति र कुन तहसम्म पानी बग्यो त्यसको प्राविधिक अध्ययन गरिरहेको अध्ययन समिति संयोजक चौधरीले जानकारी दिए ।

‘खेतीखोलामा पछिल्लो ५० वर्षमा बगेको पानीको ट्रेन्ड के छ पत्ता लगाउने प्रयास गर्दै छौँ । पानीको ट्रेन्ड पत्तालगाएर आउने समयमा कति पानी बग्न सक्छ भनेर अध्ययन गरिरहेका छौँ ’ चौधरीले भने ।

खेती खोलामा कति सम्म पानी बग्यो र अब कति मात्रामा पानी बग्न सक्छ भन्ने तुलनात्मक अध्ययन पछि मात्रै खोलाको चौडाइ किटान गर्ने उपमहानगरको योजना छ ।

‘पाएसम्मको पानीको तथ्याङ्क, यहाँका पुराना रैथाने बासिन्दा, किसानहरूसँग कुराकानी गर्दै अध्ययन गरिरहेका छौँ,’ उनले थपे ।

खेती खोलाको चौडाइ कति तोक्ने भन्ने विषयमा फरक मत रहँदा यो विश्लेषणले सहयोग गर्ने संयोजक चौधरीको भनाई छ ।
संरचना हटाउन उपमहानगरको ताकेता

उपमहानगरपालिकाले खेती खोलामा बनेका संरचना हटाउन दोस्रो पटक १५ दिने सूचना जारी गरेको छ । ज्येष्ठ २० गते दोस्रो पटक भन्दै १५ दिने सूचना निकालेको उपमहानगरले पहिलो ३५ दिने सूचना वैशाख २५ गते नै प्रकाशन गरेको थियो ।

संरचना हटाउन उपमहानगरले पटकपटक सूचना जारी गर्दै तोकेता गरिरहेको छ । खोला अतिक्रमण गरेर बनेका संरचना नहटाए डोजर चलाउने उपमहानगरले सार्वजनिक सूचनामार्फत सचेत गराएको छ ।

खेतीखोलाको दुवै किनारबाट ६/६ मिटर छोडेर भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए ।

टेँग्रा खोलाको तुलनामा खेती खोला अतिक्रमण गर्ने घर धुरीको संख्या ठूलो निस्कने देखिएको छ । त्यसकारण पनि उपमहानगरले पटकपटक सूचना प्रकाशन गरी घरधनीलाई आफैँ संरचना भत्काउन ताकेता गर्दै आएको छ ।

दीर्घकालीन समाधान

इटहरीको डुबान रोक्न खेती खोलाको अतिक्रमित क्षेत्रलाई क्लियर गर्नैपर्ने संयोजक चौधरी बताउँछन् । २०७४ र २०७८ को वर्षा र त्यस बेलाको बाढीलाई हेर्ने हो भने आर्मी ब्यारेक माथि पट्टि र दक्षिण तर्फ धेरै भौतिक क्षति भएको थियो ।

त्यसबेला बजार क्षेत्रका धेरैको पसलभित्र पानी पसेर सामान नष्ट भएको र यस्तो समस्या बारम्बार दोहोरिरहेको उनको भनाइ छ ।

चौधरीले भने ‘यसको दीर्घकालीन समस्या समाधानका लागि कम क्षति हुनेगरी खोलालाई क्लियर गर्नुपर्छ ।’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1372 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    520 shares
    Share 208 Tweet 130
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.