Tuesday, March 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १४, २०८१
in समाचार
0
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
64
SHARES
Share on FacebookShare on Twitter

झापा : कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ ।

“राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”, उहाँले त्यसबेलाको घटना सम्झिँदै भन्नुभयो, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उहाँले सुनाउनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ ।

इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ ।

बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो ।

मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिनुभयो ।

साइरन जडान भएको स्थानमा कनकाई नगरपालिकाको वडा नं ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन् ।

खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ ।

इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो ।

साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसङ्ख्या र इलामको चार सय घरका दुई हजार जनसङ्ख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् ।

बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि एक सय ५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ ।

झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ ।

“जलसतहको विश्लेषण गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ”, साइरनबारे जानकारी दिँदै रेडक्रसकर्मी खड्काले भन्नुभयो, “पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।” उहाँले करिब ३० मिनेटमा तीनपटक साइरन बजिसक्दा बस्ती छाड्नुपर्ने बताउनुभयो ।

शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताउनुभयो । उहाँले साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेका बताउनुभयो । उहाँले विगतमा बाढी पसेको स्मरण गर्दै भन्नुभयो, “साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ । ।”

रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिनुभयो ।

एक महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको सम्पर्क व्यक्ति खड्काले बताउनुभयो । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Tags: #झापा#राससबाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित
FEATURE BREAKING

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

संखुवासभा : संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार कार्कीले १५ हजार...

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा
FEATURE BREAKING

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

by अर्जुन उप्रेती
फाल्गुन २५, २०८२
0

भर्खर २८ वर्ष पुग्दै गरेका टाँसी शेर्पाको जीवन विगत १० वर्षदेखि हिमाल चुचुरामा जीवनका सपना खोज्दै बित्दैछ । ६ वर्षको...

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

फाल्गुन २५, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

फाल्गुन २५, २०८२
भोजपुरमा व्यावसायिक कफी खेती

सुनसरीमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका ५४ जनाले एक सय मत कटाएनन् (नामावलीसहित)

फाल्गुन २५, २०८२
हर्क साम्पाङको आग्रह – ‘खादा–माला होइन, सुझाव र गुनासा लिएर आउनुहोस्’

हर्क साम्पाङको आग्रह – ‘खादा–माला होइन, सुझाव र गुनासा लिएर आउनुहोस्’

फाल्गुन २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कार्की निर्वाचित

फाल्गुन २६, २०८२
हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

फाल्गुन २५, २०८२
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, आयोगमा पेश गरे विवरण

फाल्गुन २५, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

फाल्गुन २५, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    209 shares
    Share 84 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.