झापा : झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या भएको छ ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर सोही ठाउँस्थित ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरी हत्या भएको हो ।
हत्या गर्ने भद्रपुर नगरपालिका २ डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
वृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए। सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले जनाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post