धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ।
मेयर साम्पाङले धरान १३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल भत्काएको भन्दै स्थानीय बासिन्दाले उनीविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना दिएका हुन् ।
उजुरी दिएपनि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दोषीमाथि कारबाही गर्न चासो नदिएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रनु परेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले जानकारी दिए ।
प्लेकार्डसहित कार्यालयमा उपस्थित भएका स्थानीयले तार जाली भत्काउन लगाउने हर्क साम्पाङलाई कारबाही गर्, शान्ति सुरक्षा कायम गर्, सामाजिक सद्भाव कायम गर्, सार्वजनिक सम्पत्तिको संरक्षण गर जस्ता नाराबाजी गरेका थिए ।














Discussion about this post