विराटनगर : विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ ।
डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो ।
अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयमसेविकासहित सरोकारवालाहरूको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिर रूपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ ।
जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको डा. यादवको भनाइ छ ।
विराटनगर महानगरपालिकामा डेंगुको संक्रमण नफैलियोस् भनेर ‘खोज र नष्ट अभियान’ महानगरलाई तीव्रता दिएको मेयर नागेश कोइरालाले बताए ।
मेयर कोइरालाले महानगरका १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेंगु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए । उनले डेंगुको संक्रमण फैलिन नदिन टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि पानी जम्न नदिन महानगरबासीलाई आग्रह गरे ।














Discussion about this post