Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८१
in विविध, समाचार
0
उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण : मेयर कोइराला
109
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहेका मेयर कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।

शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि स्काउटले रक्तदान, बाढी पहिरो र डुबानपीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले जनाए ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले स्काउटले समाजलाई अनुशासित बनाउन भूमिका खेलेको चर्चा गरिन् । समाज रूपान्तरणमा स्काउटको योगदान महत्वपूर्ण रहेको बताउँदै उपमेयर कार्कीले स्काउटको मूल मर्म र भावनाअनुसार कार्य गर्नु आवश्यक रहेको बताइन् ।

इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम भएको उनले बताइन् । कार्यक्रममा मेयर कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराए ।

त्यस्तै स्थानीय स्काउट परिषद् सदस्यहरूलाई पनि विराटनगर महानगरपालिकाकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले सपथ गराइन् ।

कार्यक्रममा स्काउटका सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा स्काउट परिषदका २६ जना सदस्यलाई दीक्षित गरिएको स्थानीय स्काउट प्रमुख आयुक्त नवीन पहाडीले जानकारी दिए ।

 

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिकास्काउट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    340 shares
    Share 136 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.