झापा : सवारी ज्यान पेन्डिङ मुद्धाका फरार प्रतिवादीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ११ बस्ने ५४ वर्षीय वन काईलो भन्ने नरबहादुर भुजेल रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
२०६२ साल फागुन ९ गते भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट, सहचालक टेकेन्द्र लिम्बु सडकमा खस्दा सोही ट्याक्टरले किचेर लिम्बूको घटनास्थलमानै मृत्यु भएको थियो ।
उक्त घटनाबाट फरार रहेका ट्याक्टर चालक भुजेललाई १९ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेलको जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post