विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपालको वहुभाषिक नीति अनुरुप रेडियो नेपाल तारिणि प्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण हुनुले भाषा संस्कृतिको विकासमा थप टेवा पुगेको बताएका छन् ।
महानगर एफएम रेडियो विराटनगरबाट आइतबारदेखि शुरु भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेख भएअनुसार बहुसांस्कृतिक बहुधार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिए ।
स्थानीय भाषा, संस्कृति कला, साहित्य, गीत, संगीतको संरक्षण एंव सम्वर्धन गर्ने उदेश्य अनुरुप स्थापना भएको सञ्चारग्रामले अन्य सेवा अतिरिक्त राजवंशी भाषा समाचार प्रसारण गर्नु खुशीको कुरा भएको उल्लेख गर्दै उनले यस्ता खालका भाषा तथा कार्यक्रमलाई आगामी दिनमा अझ विकास एंव विस्तार गर्दै जानुपर्ने बताए ।
तारिणी प्रसाद कोइरालाको जिवनीमा आधारित वृत्तचित्र प्रदर्शनीदेखि स्थानीय भाषको गीत, संगीत रेकर्डिङ गर्दै आएकोमा यस्ता कुरालाई जनसमुदाय समक्ष पु¥याउदै स्थानीय स्तरमा रोजगारी मुलुक कार्यक्रम सञ्चालन गर्न सञ्चारग्रामलाई महानगरले सघाउ पु¥याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक एंव सञ्चारग्राम सञ्चालक समितिका अध्यक्ष वुद्धिवहादुर केसीले आगामी आर्थिक वर्षमा सञ्चारग्राममा तारिणीप्रसाद कोइरालाको शालिक स्थापना गर्ने र सञ्चारग्राममार्फत मोबाइल एप तथा वेभसाइट सञ्चालनमा ल्याउने जानकारी गराए ।
कार्यक्रममा राजवंशी, मुडियारी, मधेसी, थारु लगायत विभिन्न जातीय समुदाय तथा संघसंस्था प्रतिनिधिको सहभागिता थियो । राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउसो १ बजेर ४५ मिनेटमा प्रसारण हुने छ ।
Discussion about this post