बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ३ मा एक बालकको हत्या भएको छ । मङ्गलबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेका बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई टाउकोमा हिर्काएर फरार रहेका बालकका आफन्त पर्ने ४५ वर्षीय वीरबहादुर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको छ ।
विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post