भोजपुर : ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिलिचुङ खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा अवस्थित छ ।
किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा राखेर पूर्वी पहाडको गन्तव्य मुन्धुम ट्रेल पदमार्गको विस्तार गरिएको छ । यहाँ चिण्डो आकारको मुन्धुमी गेट, माङखिम तथा मुन्धुम सङ्ग्रहालय लगायतका संरचनाहरूपनि बनिरहेका छन् ।
चार हजार एक सय ५५ मिटर उचारमा रहेका सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्गा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमश्रृङ्खला, तराईका फाँट तथा विभिन्न नदीहरू देख्न सकिन्छ ।
सिलिचुङ आसपास रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका डाँडामध्ये अग्लो डाँडा हो । सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्ने चलन छ ।
साल्पापोखरीमा बैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णीमामा मेला लाग्छ । यहाँ खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बुलगायत विभिन्न जिल्लाबाट तीर्थालु पुग्ने गरेका छन् ।
साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरु बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ ।
कचौरा आकारमा फैलिएको साल्पापोखरी समुन्द्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ । पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरी कै मार्ग प्रयोग गरेका थिए । नेपालको सय गन्तव्यमध्ये पर्ने मुन्धुम पदमार्ग पनि पर्छ ।
यसक्षेत्रमा होमस्टे, गोठस्टे लगायत पनि विस्तार हुन थालेका छन् । पदमार्गमा ठूला–ठूला घाँसेमैदान, चौरीखर्क, भोडीचोक, घोडचढी लगायतका लोभलाग्दो दृष्य अवलोकन गर्न पाइन्छ ।














Discussion about this post