इटहरी (डेस्क) : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विरुद्धमा आन्दोलन चर्किदैँ गएको छ ।
खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्य वृद्धि गरेपछि आक्रोशित उपभोक्ताहरूले बिहीबार (आज) उपमहानगर गेट अगाडि आन्दोलन चर्काएका हुन् ।
यहाँका १० राजनीतिक दलहरूसहित स्थानीय उपभोक्ताहरूले अहिले आन्दोलन गरिरहेका छन् । आन्दोलनले अग्र रूप लिइरहेको छ ।
चरणबद्ध आन्दोलनमा रहेका उनीहरूले बिहीबार उपमहानगरको गेटसम्म तोडफोडको प्रयास गरेका छन् । बाक्लो संख्यामा भेला भएका स्थानीयबासी र प्रहरीहरूबीच धकेलाधकेलसमेत भएको छ ।
आक्रोशित स्थानीयबासीहरूले मेयर साम्पाङविरुद्ध मुर्दावादको नारा लगाएका छन् ।
साउन ११ गतेदेखि धरानमा खानेपानी महसुलको विषयलाई लिएर आन्दोलन निरन्तर गरिदैँ आएको छ ।
भिडियो












Discussion about this post