टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापा : दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : साउन २६, २०८१
0
झापा : दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता
84
SHARES
Share on FacebookShare on Twitter

झापा : जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन्।

गत आव २०८०/८१ को तथ्यांकअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन्।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रूपमा गर्दै आएको छ।

‘ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागुपदार्थ मादक पदार्थ सेवनगरी सवारी चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रुपमा लाभान्वित भए । गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए’, उनले भने।

आर्थिक वर्ष २०७९/८० मा भएका आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो भने गत आव २०८०/८१ मा भएका पाँच सय ९३ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताए।

पछिल्लो दुई आवको तथ्यांक केलाउने हो भने सवारी दुर्घटनाको संख्यामा कमी आउनाका साथै मृतकको संख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ। यसैगरी सवारी दुर्घटनामा परी सामान्य घाइते हुने मानिसको संख्यामा उल्लेख्य सुधार भएको देखिन्छ।

ट्राफिक प्रहरी नायब निरीक्षक गौतमका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो। उनले यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालनागरी सहयोग गर्नुपर्ने बताए ।

गत आवमा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ रुपैयाँ राजस्व संकलन गरिएको छ।

Tags: #झापा#ट्राफिकट्राफिक प्रहरी

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

सुनसरी : मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी...

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु
समाचार

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

मोरङ : मोरङको रंगेली नगरपालिका ८ दर्वेसास्थित भित्री सडकखण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको...

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२
सुनसरीमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण पुष्टि

सुनसरी : अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुर मरे

प्रकाशित मिति : जेष्ठ ६, २०८२
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana