Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पाँचजना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८१
in समाचार
0
इटहरीमा लखेटी–लखेटी चार युवकले गरे खुकुरी प्रहार

घटनास्थलमा स्थानीयबासी ।

660
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी ६ मा भएको घटनामा संलग्न पाँचजनालाई विराटनगरको बरगाछीबाट पक्राउ गरिएको हो । आज (बुधबार) दिउँसो करिब ४ः४० बजेतिर इटहरी ६ को कुवेर चौकमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट तत्काल फरार रहेकाहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । उनीहरूलाई बुधबार राति करिब ८ः३० बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट इटहरी १६ का अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको हात र टाउकोमा चोट लागेको छ । घाइते भएका उनको इटहरीस्थित बेदान्त हस्पिटलमा उपचार भइरहेको छ ।

‘घटनामा संलग्नहरू पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका थियौँ,’ इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले टाकुरा न्यूजसँग भने, ‘घटना के कारण भएको भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’

घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको उनले बताए । विराटनगरमा पक्राउ परेका उनीहरूलाई इटहरी ल्याइँदै गरेको र ती मध्ये कोको घटनामा संलग्न हुन् भन्नेबारे अनुसन्धानबाट खुल्ने प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय इटहरी, सिभिलमा खटिएका प्रहरी र अनुसन्धानका प्रहरीसहित कोशी प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा घटनामा संलग्नहरूको खोजी गरिएको थियो ।

प्रहरीले पक्राउ परेकाहरूको पहिचान तत्काल गोप्य राखेको छ । प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिने प्रहरीको तयारी छ ।

बिहीबार जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्ने इटहरी प्रहरीले जनाएको छ ।

यो पनि – इटहरीमा लखेटी–लखेटी चार युवकले गरे खुकुरी प्रहार

भिडियो

Tags: #इटहरी#पक्राउअपराधखुकुरीखुकुरी प्रहार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.