पाँचथर : पाँचथरको फालेलुङ गाँउपालिका ५ डाँडा गाँउमा बिस्फोट हुँदा चार बालबालिका घाइते भएका छन् ।
स्थानीय आइतरात केरुङको घरमा बिस्फोट हुँदा चार जना बालबालिका घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको फालेलुङ ५ का वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए ।
विस्फोटमा परी ११ वर्षीय छोरा दिपसन र २ वर्षीया प्रिन्सा साँवा गम्भीर घाइते भएका छन् । त्यस्तै सोही घरमा बस्दै आएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राई घाइते भएका छन्।
गम्भीर घाइते दिपसन र प्रिन्साको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल रेफर गरिएको छ । पवनको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएइको छ ।
विस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन्।
उनको प्राङबुङस्थित स्वास्थ्य चौकीमा उपचार भएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटना बिहीबार दिउँसो ३ः३० बजेतिरको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ ।














Discussion about this post