पाँचथर : पाँचथरमा बिस्फोट हुँदा दाजु-बहिनीको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका ५ डाँडा गाँउमा बिस्फोट हुँदा चार बालबालिका घाइते भएका थिए ।
घाइतेमध्ये डाँडागाँउका दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो । उनीहरू घटनामा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
पाँचथरको फालेलुङ्ग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँ का दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवैमा छन् । उनकी श्रीमती पूजा मेलापात गएको अवस्थामा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खेल्ने क्रममा ज्ञानबहादुर राईको घरमा बिस्फोट भएको हो । ज्ञानबहादुरका ११ वर्षीय छोरा पवन राई घाइते भएका छन् । मृतक दाजु बहिनीले पवनको घरको दाइने पट्टी बल जस्तो बस्तु भेट्टाए ।
फालेलुङ्ग गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भरत कुमार खपाङ्गीकाअनुसार बल जस्तो बस्तु खेलाउँदा विस्फोट भएर साँवाका छोरा र छोरी कै मृत्यु भएको हो ।
बम विस्फोट भएको घर भने आइतराज केरुङको हो । उनी माओवादीको फालेलुंग गाउँस्तरीय नेता हुन् । माओवादीको स्थानीय गाउँ सङ्गठनमा काम गरेका आइतराज भने व्यापारका लागि फिदिम बजार छन् ।
व्यापारका लागि आइतराज फिदिम आएपछि खाली घएको ज्ञानबहादुरको परिवार बस्दै आएको छ । ज्ञानबहादुरलाई केरुङले घर राख्न राखेको वडाध्यक्ष खापुङगीले बताए ।
पाँचथरको फालेलुङ्गमा विस्फोट भएको बम द्धन्दकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post