विराटनगर : विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर २० वर्षीय युवकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बिहानका बुधबार बिहानको राति १ः१५ बजेतिर दुर्घटना हुँदा चालक विराटनगर–१ का सुशील कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
रानीको भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर ढाटमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि न्यूरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ३ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post