विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरूलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरूमा उडान सुरु गर्न पहल गरिरहेको बताएका छन् ।
बिहीबार (आज) विराटनगरमा आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बंगलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए ।
तर त्यो सम्भावना अहिले नदेखिएको उनले बताए ।
कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भएपनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताए ।
यसका लागि निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको र लागत साझेदारी गर्न समेत प्रदेश सरकार तयार रहेको बताए ।
उनले २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यसअघि नै कही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको बताए ।
कोशी प्रदेशमा सहज घुम्न आउने जनसंख्या भारत र बंगलादेशमा गरी पाँच करोड बढी रहेको उनको दाबी छ । पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ ।
हामीले भारत र बंगलादेश निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अगाडि बढेको छ । निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यक्ता नै यही हो । उनले भने ।












Discussion about this post