इटहरी : इटहरीमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
इटहरी उपमहानगरपालिकाले हरितालिका तीजको अवसरमा शुक्रबार (भोलि)सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहीबार (आज) मेयर हेमकर्ण पौडेलद्धारा जारी सूचनाअनुसार शुक्रबार नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेका वडा कार्यालय, इटहरी अस्पताल, स्वास्थ्य संस्था र नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय भएको हो ।
बिदाको दिन उपमहानगरपालिकाको अत्यावश्यक सेवा र इटहरी अस्पतालको इमरजेन्सी सेवा भने सञ्चालन हुने सूचनामा उल्लेख छ ।















Discussion about this post