Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगर गम्भीर छ : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८१
in विविध, समाचार
0
सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगर गम्भीर छ : मेयर कोइराला
79
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगरपालिका गम्भीर रहेको बताएका छन् ।

विराटनगरस्थित गोग्राहा माविको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न महानगरले प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिसकेको बताए ।

उनले सामुदायिक विद्यालयहरूबीच गुणस्तरका विषयमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘जसरी संस्थागत विद्यालयहरूबीच राम्रो रिजल्ट ल्याउनका लागि प्रतिस्पर्धा हुन्छ, त्यसरी नै सामुदायिक विद्यालयहरूबीच पनि उत्कृष्ट नतिजा ल्याउन प्रतिस्पर्धा हुनुपर्छ ।’

पछिल्लो समय विराटनगरका सामुदायिक विद्यालयहरूको गुणस्तरमा सुधार हुँदै गएको तर्क प्रस्तुत गर्दै मेयर कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि लैजान सकेमात्रै समग्र शिक्षाको विकास हुने विचार व्यक्त गरे ।

‘संस्थागत विद्यालयहरू गुणस्तर र परीक्षाको रिजल्टमा निकै अगाडि हुने गरेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयले त्यसअनुसार सुधार हुन सकेको छैन । राज्यले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । तर पनि आशा गरेअनुसारको सुधार भएको देखिँदैन ।’

प्रधानाध्यापक, शिक्षक र अभिभावकले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरू निजामती, न्याय, स्वास्थ्यलगायतका उच्च पदमा पुगेको उदाहरण दिँदै मेयर कोइरालाले भने, ‘सामुदायिक विद्यालय पढेकै व्यक्तिहरू मुख्यसचिव, सचिव, प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, डाक्टर जस्ता सम्मानित र उच्च पदमा पुगेका छन् ।’

विद्यालयस्तरदेखि नै स्वरोजगार र सीपमूलक शिक्षा दिनु जरुरी रहेको उनले बताए ।

घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्दै मेयर कोइरालाले भने, ‘विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्न सक्छन् ।’

यसैबीच अक्षयकोष स्थापना गर्ने व्यक्ति र उत्कृष्ट विद्यार्थीहरूलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो ।

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    315 shares
    Share 126 Tweet 79
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.