Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगर गम्भीर छ : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८१
in विविध, समाचार
0
सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगर गम्भीर छ : मेयर कोइराला
76
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगरपालिका गम्भीर रहेको बताएका छन् ।

विराटनगरस्थित गोग्राहा माविको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न महानगरले प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिसकेको बताए ।

उनले सामुदायिक विद्यालयहरूबीच गुणस्तरका विषयमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘जसरी संस्थागत विद्यालयहरूबीच राम्रो रिजल्ट ल्याउनका लागि प्रतिस्पर्धा हुन्छ, त्यसरी नै सामुदायिक विद्यालयहरूबीच पनि उत्कृष्ट नतिजा ल्याउन प्रतिस्पर्धा हुनुपर्छ ।’

पछिल्लो समय विराटनगरका सामुदायिक विद्यालयहरूको गुणस्तरमा सुधार हुँदै गएको तर्क प्रस्तुत गर्दै मेयर कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि लैजान सकेमात्रै समग्र शिक्षाको विकास हुने विचार व्यक्त गरे ।

‘संस्थागत विद्यालयहरू गुणस्तर र परीक्षाको रिजल्टमा निकै अगाडि हुने गरेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयले त्यसअनुसार सुधार हुन सकेको छैन । राज्यले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । तर पनि आशा गरेअनुसारको सुधार भएको देखिँदैन ।’

प्रधानाध्यापक, शिक्षक र अभिभावकले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरू निजामती, न्याय, स्वास्थ्यलगायतका उच्च पदमा पुगेको उदाहरण दिँदै मेयर कोइरालाले भने, ‘सामुदायिक विद्यालय पढेकै व्यक्तिहरू मुख्यसचिव, सचिव, प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, डाक्टर जस्ता सम्मानित र उच्च पदमा पुगेका छन् ।’

विद्यालयस्तरदेखि नै स्वरोजगार र सीपमूलक शिक्षा दिनु जरुरी रहेको उनले बताए ।

घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्दै मेयर कोइरालाले भने, ‘विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्न सक्छन् ।’

यसैबीच अक्षयकोष स्थापना गर्ने व्यक्ति र उत्कृष्ट विद्यार्थीहरूलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो ।

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.