इटहरी : इटहरी उपमहानगरपालिकाले जितिया पर्वको अवसरमा बुधबार नगरभरी सार्वजनिक बिदा दिएको छ ।
यहाँको थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको उपमहानगरले जितियामा बुधबार बिदा दिने निर्णय गरेको हो । थारु समुदायले मनाउने जितिया उनीहरूको सम्मानका लागि बिदा दिइएको नगर प्रमुख हेमकर्ण पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।
थारुहरूको बाहुल्यता रहेको इटहरीमा अघिल्लो वर्ष पनि उपमहानगरले बिदा दिने निर्णय गरेको थियो ।
इटहरी अस्पतालबाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरू तथा नगर क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्थाहरू बिदा रहने उपमहानगरले जनाएको छ ।
थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।
नेपाली महिलाहरूले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको जानकारहरू बताउँछन् ।
सूचना













Discussion about this post