विराटनगर : विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा चढेका एक जना यात्रुले इमर्जेन्सी ढोका खोलेका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार भिजिबिलिटी कम भएपछि त्यहाँ अवतरण हुन सकेको थिएन।
काठमाडौंबाट बिहीबार बिहान साढे ५ बजे बुद्ध एयरको उडान नम्बर ५०५ काठमाडौंबाट जनकपुरका लागि उडेको थियो । तर, उक्त जहाज जनकपुरस्थित विमानस्थलमा अवतरण हुन सकेन ।
त्यसपछि जहाजलाई डाइभर्ट गरी विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । अवतरण गरेपछि केहीबेरमै ती यात्रुले अचानक इमर्जेन्सी ढोका खोलेका थिए ।
कुनै पनि आपत परेको अवस्थामा बाहेक इमर्जेन्सी ढोका खोल्न मिल्दैन । आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् ।
आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन । यदि विनाकारण आपतकालीन ढोका खोलेमा उडान सुरक्षामै खलल पुर्याउँछ ।
Discussion about this post