पाँचथर : पाँचथरमा अरिंगालले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्लाको फिदिम नगरपालिका–६ का २६ वर्षीय शुभराज तुम्रोकको अरिंगालले टोकेर मृत्यु भएको हो ।
अरिंगालको टोकाइबाट सिकिस्त बिरामी परेका उनको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । शुभराजलाई बुधबार अरिंगालले टोकेको थियो ।
अरिंगालले टोकेर घाइते भएका उनलाई स्थानीय क्लिनिकमा उपचार गरेर थप उपचारका लागि लैजाने तयारी भइरहेका बेला मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post